काठमाडौं । रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनले सन् २०३६ सम्म शासनमा रहने प्रावधान रहेको एक कानुनमा हस्ताक्षर गरेका छन् । यसले पुटिन अझ दुई कार्यकालका लागि राष्ट्रपति बन्न पाउनेछन् ।
६८ वर्षीय पुटिनले विगत दुई दशकदेखि रुसको सत्ता सम्हालिरहेका छन् । सरकारको कानुनी सूचना पोर्टलमा जारी गरिएको जानकारीअनुसार पुटिनको हस्ताक्षरपछि हालको कार्यकाल सकिएपछि उनी २०२४ मा अर्को चुनावमा लड्न सक्षम हुनेछन् ।
गत वर्ष रुसमा संविधान संशोधनका लागि जनमत संग्रह गरिएको थियो । यो ७ दिनसम्म चलेको थियो ।
कोरोना संकटका कारण पहिलोपटक रुसमा कुनै पनि मतदानका लागि यति लामो समय लागेको पहिलोपटक हो । त्यसमा मतदान अनलाइनबाट भएको थियो । करिब ६० प्रतिशत जनताले संविधान संशोधनको पक्ष र विपक्षमा मतदान गरेका थिए ।
भोट गरेकामध्ये ७६ प्रतिशतले संविधान संशोधनको समर्थन गरेका थिए । जसको माध्यामबाट पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्न सक्ने बाटो खुलेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij