वेबटिभी खबर
रूस । संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भेसिली नेभेजियाले रूसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन् । उनले सोमबार भने, ‘युक्रेनको सीमाक्षेत्र नजिकै तर रूसको भूभागमा रूसले गरेका सैनिकहरूको तैनाथलाई कतिपय पश्चिमा देशहरूले रूसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेको छ ।’
तर आफ्नो सीमा क्षेत्रमा राखेका सेना रूसले आफ्नै भूभागतर्फको सुरक्षाका लागि मात्र रहेको पनि राजदूत नेभेजियाले बताएका छन् । यसरी आफ्नो भूभागमा सेना राख्दैमा त्यसलाई आक्रमण नै गर्न लाग्यो भन्नु पश्चिमा देशहरूले रूसमाथि लगाएको आरोपमात्र भएको उनले बताए ।
युक्रेनको सीमा क्षेत्रमा रूसले केही महिनादेखि ठूलो संख्यामा सेना तैनाथ गरेको जनाएको छ । तर ती सेना रूसले युक्रेनलाई आक्रमण गर्नका लागि राखेको भन्दै अमेरिका र बेलायतले त आफ्ना नागरिकलाई युक्रेनबाट स्वदेश फिर्ता पनि बोलाएका छन् ।
अमेरिका र बेलायतमा युक्रेनमा रहेको आफ्नो दूताबासका कर्मचारीलाई फिर्ता बोलाएका छन् । साथै ती देशले अत्याबश्यक कामबाहेक युक्रेनको भ्रमणमा पनि नजान आफ्ना नागरिकलाई भनेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij