Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मेस्सीको गोलमा पीएसजीलाई १३ अंकको अग्रता

मेस्सीको गोलमा पीएसजीलाई १३ अंकको अग्रता

  • 451
    SHARES
  • मेस्सीको गोलमा पीएसजीलाई १३ अंकको अग्रता

    काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग वानमा दोस्रो गोल गर्दा पेरिस सेन्ड जर्मेन (पीएसजी) ले १३ अंकको अग्रता बनाएको छ । आइतबार राति लिललाई ५-१ ले पराजित गर्दा मेस्सीले गोल गरेका थिए   । पीएसजीको यो सिजनको १७औं जित हो । 
    पीएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे । यस्तै  प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र  केलियन एम्बाप्पे एक एक गोल गरे । 
    यता लिलका लागि बाट्म्यानले गोल गरे । जितपपछि पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । समान खेलबाट लिल ३२ अंक सहित ११ औं स्थानमा छन्।

    यता, दोस्रो स्थानमा मार्सेइली समान खेलबाट ४३ अंक सहित दोस्रो स्थानमा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij