वेबटिभी खबर
पेरिस । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोबीच फोनवार्ता भएको छ । उनीहरूबीच आइतबार फोनवार्ता भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
उनीहरूबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल भएको थियो । पूर्वी युक्रेनमा पछिल्लो समयमा रूसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रूसले हमला गर्ने योजना बनाएको बताइएको छ ।
अमेरिकासहितका पश्चिमा देशहरूले रूसले युक्रेनमाथि आक्रमण गर्नसक्ने बताइरहेका छन् । तर यसको रूसले भने खण्डन गरेको छ ।
वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरूका बीचमा हालैका दिनमा विश्वमा कोभिड-१९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र यो महामारीको नियन्त्रणका लागि संयुक्त रूपमा मिलेर लड्ने बारेमा सहमति भएको थियो ।
त्यसैगरी उनीहरूबीच युरोपेली युनियन र बेलारूसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ ।
त्यस क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोका बीचमा हरेक विषयमा वार्ताबाट समाधान गरी अघि बढ्नुपर्ने बारेमा कुराकानी भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij