Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सभामुख अर्याल घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी

सभामुख अर्याल घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी

  • 46
    SHARES
  • सभामुख अर्याल घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन् ।

    छठ पर्वका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरीमा पुगेर पूजाको अवलोकन गरेका छन् । उनले त्यहाँ उपस्थित स्थानीय श्रद्धालुहरूसँग भेटघाटसमेत गरेका छन् ।

    श्रद्धा, आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छठ पर्वका अवसरमा घडिअर्वा पोखरीमा भक्तजनहरूको उपस्थिति रहेको थियो । अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्पराअनुसार श्रद्धालुहरूले पोखरीमा पूजा आराधना गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij