Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आत्मघाती गोलसँगै पहिलो लेगमा युभेन्टसलाई अग्रता

आत्मघाती गोलसँगै पहिलो लेगमा युभेन्टसलाई अग्रता

  • फाल्गुण १९, २०७८ बिहिवार ०९:०४ बजे
  • 586
    SHARES
  • आत्मघाती गोलसँगै पहिलो लेगमा युभेन्टसलाई अग्रता

    काठमाडौं । इटालीयन सिरी ए क्लब युभेन्ट्सले कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनामाथि १(० अन्तरको जित निकालेको छ ।

    बराबरतर्फ धकेलिएको खेलमा लोरेन्जो भिनुटीले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सले अग्रता बनाएको हो । खेलमा घरेलु टोलीले युभेन्ट्सलाई दवावमा राखे पनि गोल भने गर्न सकेन । यो जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।  

    दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स फाइनल पुग्नेछ । दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ ।

    मंगलबार राति मिलान डर्वीमा एसी मिलान र इन्टर मिलानले पनि सेमिफाइनलको पहिलो लेगमा गोलरहीत बराबरी खेलेका थिए । यी दुईबीचको दोस्रो लेगको खेल पनि २० अप्रिलमै हुनेछ ।

     

  • सम्बन्धित विषय:

  • # युभेन्टस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij