Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कांग्रेस महोत्तरी जिल्ला अधिवेशनमा त्रिपक्षीय भिडन्त 

कांग्रेस महोत्तरी जिल्ला अधिवेशनमा त्रिपक्षीय भिडन्त 

  • 526
    SHARES
  • कांग्रेस महोत्तरी जिल्ला अधिवेशनमा त्रिपक्षीय भिडन्त 

    काठमाडौं । नेपाली कांग्रेस महोत्तरीको नेतृत्व चयनका लागि २० फागुनमा हुन लागेको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । जिल्ला सभापतिको लागि यहाँ तीन जना  मैदानमा उत्रिएका छन् ।

    नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी दिएका छन् ।  पौडेल पक्षकै केही नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताको भनाइ छ ।

    पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले देउवा समूहका उम्मेदवारलाई समर्थन गरेपछि पौडेल प्यानलवाट उम्मेदवारी दिएका बजरङ्ग नेपाली अल्पमतमा पर्ने निश्चित रहेको उनीहरूको दावी छ ।

    तर, आफ्नै प्यानलका उम्मेदवारलाई पौडेल समूहकै छलफलबाट उम्मेदवार बनेका नेपालीलाई अन्तिम समयमा आएर धोका हुन लागेको पौडेल समुहको निष्कर्ष छ । ‘अधिबेशन त निश्चित भयो तर, आफ्नै प्यानलका नेताहरुले धोक्का दिने स्थिति बन्दैछ,’ कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने ।

    पौडेल प्यानलमा समेत रहेका पाठकले बजरङ्ग नेपालीले जित्ने निश्चित हुँदाहुँदै रामचन्द्र तिवारी र किरण यादवले विपक्षी प्यानलमा लविङ्ग गरेको आरोप लगाए ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij