Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

रुसका १० कुटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन 

रुसका १० कुटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन 

  • 564
    SHARES
  • रुसका १० कुटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन 

    वाशिंटन । अमेरिकाले रुसविरूद्ध आर्थिक प्रतिबन्ध लगाएको बिहीबार घोषणा गर्दै त्यहाँ रहेका १० रुसी कुटनीतिज्ञलाई जासुसी गरेको आरोपमा देश छोड्न निर्देशन दिएको छ ।

    रूसी प्रशासन केन्द्र क्रेमलिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप, विशाल साइबर आक्रमण र अन्य शत्रुतापूर्ण गतिविधि गरेको आरोपमा अन्य ३२ कुटनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको वासिङ्टनले बताएको छ ।

    राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेशले ‘रुसले आफ्नो गतिविधिमार्फत् रणनीतिक तथा आर्थिक गतिविधिमार्फत् अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणलाई अस्थिर बनाएमा अमेरिका प्रभावकारी ढंगले अघि बढ्न सक्छ’ भन्ने सन्देश दिन खोजेको व्हाइट हाउसले बताएको छ ।

    कार्यकारी आदेशअन्तर्गत अमेरिकी बैंकहरूमा रुसको सरकारी कारोबार प्रतिबन्ध गराउन पनि भनिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij