Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पर्सामा भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु

पर्सामा भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु

  • 597
    SHARES
  • पर्सामा भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु

    पर्सा । कोरोना संक्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी बयोधा अस्पतालमा आज बिहान १२ः४५ बजे उपचारका क्रमम मृत्यु भएको हो । 
            
    भारतबाट फर्किएलगत्तै बिरामी भएका पुरुषलाई उपचारका लागि चैत २९ गते अस्पताल भर्ना गरिएको र सोही दिन उनको आरडिटी पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिए । उनले श्वाप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट मृतक ग्रस्त रहेको बताए । 
           
    बितेको एक साताभित्र पर्सामा चार पुरुष र एक महिला संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै पर्सामा संक्रमणकै कारण मृत्यु भएको संख्या ५८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij