वेबटिभी खबर
काठमाडौं । विश्वभरमा १२ करोड १८ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् ।
बुधबार बिहानसम्ममा सम्ममा १२ करोड १८ लाख ७५ हजार चार सय ८९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
हालसम्म विश्वमा १४ करोड ३५ लाख १८ हजार पाँच सय २० जनामा कोरोना संक्रमण भएको छ ।
संक्रमितमध्ये ३० लाख ५६ हजार चार सय ११ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८५ लाख ८६ हजारभन्दाबढी सक्रिय संक्रमित छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड २५ लाख ३३ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।
संक्रमितमध्ये दुई करोड ५१ लाख चार हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ८२ हजार चार सय ३३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म एक करोड ५६ लाख नौ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
संक्रमितमध्ये एक करोड ३२ लाख ६९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ८२ हजार पाँच सय ७० जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ८७ हजार पाँच सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमितमध्ये दुई लाख ७५ हजार आठ सय ६ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार एक सय दुई जनाले ज्यान गुमाइसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij