Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मुख्यमन्त्री राईविरुद्ध आपत्तिजनक शब्द बोलेको अभियोगमा बालिका खड्का पक्राउ

मुख्यमन्त्री राईविरुद्ध आपत्तिजनक शब्द बोलेको अभियोगमा बालिका खड्का पक्राउ

  • 835
    SHARES
  • मुख्यमन्त्री राईविरुद्ध आपत्तिजनक शब्द बोलेको अभियोगमा बालिका खड्का पक्राउ

    काठमाडौं ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईप्रति अपशब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा अन्दाजी २९ वर्षकी बालिका खड्का रहेको प्रहरीले बताएको छ । 

    काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार खड्कालाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । ‘सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेपछि खड्कालाई पक्राउ गरिएको हो,’ उनले भने, ‘मुद्दा चलाउने वा छाड्ने टुंगो लागिसकेको छैन ।’

    प्रहरीका अनुसार बिहीबार थापाथलीस्थित एमाले मुख्‍यालयको उद्‌घाटन कार्यक्रममा उनले प्रदेश १ का मुख्‍यमन्त्री राईविरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेकी थिइन् ।

    खड्काबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनले व्यक्तिगत प्रतिशोधका कारण मुख्यमन्त्री राईलाई गाली गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij