Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

डबल मास्कमा कोरोना भाइरस रोक्ने क्षमता ९० प्रतिशतभन्दा बढी

डबल मास्कमा कोरोना भाइरस रोक्ने क्षमता ९० प्रतिशतभन्दा बढी

  • 1.9K
    SHARES
  • डबल मास्कमा कोरोना भाइरस रोक्ने क्षमता ९० प्रतिशतभन्दा बढी

    कोरोनाबाट बच्न लगाइने मास्क धेरै प्रकारका हुन्छन् । मास्कअनुसार संक्रमण रोक्न सक्ने क्षमताको विषयमा गरिएको अध्ययनपछि विभिन्न रिपोर्ट सार्वजनिक भएका छन् । 
    अमेरिकाको सेन्टर फर डिजेज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले मास्कबारे नयाँ जानकारी दिएको छ ।

    सिडिसीका विशेषज्ञअनुसार एक मास्कको दाँजोमा दुईवटा मास्क लगाउँदा धेरै प्रभावकारी हुन्छ । यसलाई डबल मास्किङ् भनिन्छ । यसले शरीरमा जानसक्ने कोरोना भाइरसका कणलाई रोक्ने क्षमता ९० प्रतिशतभन्दा बढी छ ।  

    कसरी प्रयोग गर्ने ?

    सबैभन्दा पहिले आफूले लगाउने मास्कको छनोट गर्नुपर्छ । विशेषज्ञकाअनुसार सर्जिकल मास्कभन्दा माथिबाट कपडाको मास्क लगाउँनु उपयुक्त हुन्छ । कपडाको दुईवटा मास्कलाई पनि एकै पटक प्रयोग गर्न पनि सकिन्छ ।

    सबैभन्दा पहिले मेडिकल मास्क खरिद गर्नुपर्छ । मास्कमा रहेको दुईपट्टिको इलास्टिकलाई गाँठो पार्नुपर्छ । नाकमुख छोपिने गरि लगाइसकेको मास्कको बाँकि रहेको भागलाई भित्रतिर मोड्नु पर्छ । यस कार्यले मास्क सहि तरिकाले अनुहारमा फिट हुन्छ र संक्रमण हुने जोखिम पनि कम हुन्छ । यसको माथिबाट साधारण वा कपडाको मास्क लगाउन सकिन्छ । 

    फिटिङ् कसरी चेक गर्ने ?

    मास्क लगाइसकेपछि दुईवटै मास्कले नाक र मुख पुरै ढाकेको छ, छैन जाँच गर्नुपर्छ । मास्कका किनारमा खाली ठाँउ हुनु हुँदैन । यसबाट हावा सीधै नाकबाट शरीरमा जाँदा संक्रमणको जोखिम हुन्छ । यदि कोही चश्मा लगाउँछन् र मास्कको प्रयोग गरेपछि चश्माकाे सिसामा बाफ जम्छ भने मास्क राम्रो सँग फिट नभएको भनेर बुझ्नुपर्छ । 

    डबल मास्किङ्पछि के गर्ने ?

    डबल मास्क लगाइसकेपछि एकछिन यताउता हिंड्नुपर्छ । श्वासप्रश्वासमा कुनै समस्या भए नभएको विचार गर्नुपर्छ । यदि समस्या छ भने एउटै मास्कको प्रयोग गर्न सकिन्छ । 

    कुन मास्कमा डबल मास्किङ् नगर्ने ?

    एकको माथि अर्को सर्जिकल मास्क लगाउनु हुँदैन । एन नाइन्टी फाइव मास्कको माथि अर्को कुनै पनि मास्क लगाउनु  हुँदैन । 

    कुन अवस्थामा डबल मास्क नगर्ने ?

    घरमै भएको समयमा डबल मास्क गर्न जरुरी छैन । घरमा एउटै मास्कले काम चल्छ । कुनै ठाँउमा जाँदा सामाजिक दुरी कायम गरिएको छ भने त्यहाँ पनि डबल मास्किङ् गर्न जरुरी छैन । बच्चालाई डबल मास्क लगाउनु हुँदैन । 

    कतिबेला लगाउने डबल मास्क ?

    घरबाहिर जाँदा डबल मास्क लगाउनुपर्छ । चिकित्सकसँग भेट गर्दा पनि डबल मास्क लगाउन आवश्यक छ । यात्रा गरिरहेको समयमा डबल मास्किङ् गर्नुपर्छ । भिडभाड भएको क्षेत्रमा डबल मास्क लगाउनु पर्छ । सामाजिक दुरी कायम गर्न नसकिने अवस्थामा पनि डबल मास्किङ् गर्न जरुरी छ । 

    डबल मास्किङ् कति सुरक्षित ? 

    अध्ययनअनुसार साधारण तरिकाले सर्जिकल मास्कको प्रयोग गर्दा ५६.१ प्रतिशत सुरक्षित भइन्छ । मास्कको इलास्टिकमा गाँठो पारेर किनारालाई मोडेर लगाउँदा ७७ प्रतिशत सुरक्षित हुन्छ । डबल मास्कले कोरोना भाइरसबाट ८५ दशमलव ४ प्रतिशत सुरक्षा दिन्छ । 

    उत्कुष्ट मास्क कसरी छनोट गर्ने ?

    खरिद गर्नपूर्व मास्कको लेयरको जाँच गर्नुपर्छ । मास्क खरिद गर्दा कम्तिमा दुई वा तीन लेयर भएको हुनुपर्छ । विभिन्न अध्ययनअनुसार सिंगल लेयरको दाँजोमा दुई वा तीन लेयर भएको मास्क बढी प्रभावकारी हुन्छ ।

    कस्ता मास्कको प्रयोग नगर्ने ?

    नाकमुखमा फिट नहुने वा धेरै खुकुलो हुने मास्कको प्रयोग नगर्ने,

    श्वासप्रश्वासमा समस्या उत्पन्न गराउने खालका प्लाष्टिक वा लेदरले बनेका मास्क नलगाउने,

    श्वासप्रश्वासको लागि अलग्गै भल्व छुट्याइएको मास्क नलगाउने र 

    एक मात्र लेयर भएको मास्क छनोट नगर्ने । 

    एजेन्सीकाे सहयाेगमा 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij