Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

स्याउका बिरूवा बिक्री नहुँदा जलाएर नष्ट

स्याउका बिरूवा बिक्री नहुँदा जलाएर नष्ट

  • 949
    SHARES
  • स्याउका बिरूवा बिक्री नहुँदा जलाएर नष्ट

    जुम्ला । जुम्लामा स्याउका बिरूवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका-६का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् ।

    बिरूवा बेचेरै वर्षमा २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यस वर्ष बिरूवा बिक्री नभएपछि झण्डै ६ हजार बिरूवा उखेलेर जलाएको बुढाले बताए ।

    बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरूवा बिक्री नहुँदा समस्या भएको छ । ‘नौ हजार बिरूवा उत्पादन गरे, हालसम्म एउटा पनि बिक्री भएन’, उनले भने ।

    कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार जिल्लाभरि ११० स्याउका नर्सरी दर्ता छन्  । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरूवा उत्पादन गरिरहेका छन्  ।

    अधिकांश किसानले उत्पादन गरेको बिरूवा बिक्री हुन नसकेको उनले बताए । यसअघि जिल्लामा उत्पादित स्याउका बिरूवा मुगु, बझाङ, बाजुरा, डोल्पा, अछाम, हुम्लालगायत जिल्लामा बिक्री गर्ने गरिएको थियो । जुम्लामा ३ हजार ४५० हेक्टरमा स्याउ खेती भइरहेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij