Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

  • 498
    SHARES
  • लागूऔषधसहित एक जना पक्राउ

    उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कबाट त्रियुगा नगरपालिका-१२ का १९ वर्षिय पंकु मल्लिकलाई नियन्त्रणमा लिएको हो । 

     प्रहरीले मल्लिकको साथबाट डाईजेपाम ९ एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनागर्न ८ एम्पुल गरी २४ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।

    मल्लिकलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप्प गरि अनुसन्धान थालिएको छ । उनलाई लागूऔषध ऐनअनुसार कारबाही गरिने जनाइएको छ । 

  • सम्बन्धित विषय:

  • # लागूऔषध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij