Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पार्टीलाई ध्वस्त पार्ने काम पार्टी भित्रैबाटः शेरधन राई

पार्टीलाई ध्वस्त पार्ने काम पार्टी भित्रैबाटः शेरधन राई

  • 1.5K
    SHARES
  • पार्टीलाई  ध्वस्त  पार्ने काम पार्टी भित्रैबाटः शेरधन राई

    काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले एमालेभित्रकै केही नेताले पार्टी र कम्युनिस्टलाई कमजोर पार्ने काम गरेको आरोप लगाएका छन् ।

    भोजपुर-काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले यस्ताे बताएका हुन् । 

    उनले एमालेलाई कमजोर पार्न र नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न पार्टीकै केही नेताहरू लागेको आरोप लगाए । बहुमतको केन्द्रीय सरकार र प्रदेशका सरकारलाई समेत पार्टीभित्रकै नेताहरूले गिराउने प्रयास गरेको तर्क गर्दै उनले पार्टीको विधि, विधान, विपरित कसै पनि काम गर्न नसक्ने भन्दै त्यस्ताे कार्य गरेकाले स्पष्टीकरण सोध्न बाध्य भएको बताए । 

    सर्वोच्चको आदेशपछि माओवादी र एमाले पूर्ववत अवस्थामा फर्किएकाले एमालेलाई मजबुद बनाउदै अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ । त्यस्तै मुख्य मन्त्री राईले वर्तमान केपी ओली नेतृत्वको सरकार मुलुकको समृद्धि र विकासको सहि ट्र्याकमा हिंडेको जिकिर गरे ।

     कार्यक्रममा मुख्यमन्त्री राईले भोजपुर काठमाडौं सम्पर्क मञ्चले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरेका थिए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij