वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि प्रहरीले मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । काठमाडौं उपत्यकाका सार्वजनिक स्थानमा हिँड्ने मानिसहरूलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही गर्न थालेको छ ।
उपत्यकाका चोक-चोकमा सर्वसाधारणलाई समातेर प्रहरीले होल्डिङ जोनमा राख्न थालेको छ । बिना मास्क हिँड्का सर्वसाधारणलाई घेरामा राखेर प्रहरीले दुई-तीन घण्टा उभ्याएर सचेतना दिने गरेको छ ।

सातदोबाटो, चावहिल, पुतलीसडक, दरबारमार्ग, जमल, त्रिपुरेश्वर लगायतका विभिन्न स्थानमा यस्तो दृश्य देखिएको थियो । सरकारले सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरेपनि सर्वसाधारणले भने हेलचक्र्याइँ गर्दै आइरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij