Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

  • 642
    SHARES
  • सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

    कैलाली । कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

    सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ छाडिएको प्रहरीले जनाएको छ ।

    ‘कतिपय गाडी मर्मतका लागि र कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले भने, ‘यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाइबुझाइ गरी छाड्नुपरेको छ ।’

    प्रमुख जिल्ला अधिकारी किरण थापाले बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाइएको बताए ।

    प्रजि थापाले भने, ‘बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइनेछ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij