Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत

ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत

  • 400
    SHARES
  • ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत

    काठमाडौं । ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका–५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । उनलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बलात्कृत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij