वेबटिभी खबर
काठमाडौं । ताप्लेजुङ ट्राफिक प्रहरीले सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्न र बचाउनका लागि सचेतना अभियान चलाएको छ ।
कोरना भाइरसबाट आफू बच्न र समुदायलाई पनि सुरक्षित राख्नका लागि फुङ्लिङ नगरपालिकाका विभिन्न स्थानहरुमा सवारी चालक तथा पैदलयात्रीहरूलाई सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ ।
‘कोरोना भाइरसबाट आफू सुरक्षित रहौं, घरगाउँ टोल सुरक्षित राखौं, अनिवार्य मास्क लगाऔं भिडभाड नगरौं भन्दै सर्वसाधारणलाई सचेत गराएका छौं । मास्क खोइ ? कार्यक्रम गर्दै मास्क नलगाएकाहरुलाई मास्क वितरण पनि गरिएको छ,’ ताप्लेजुङ ट्राफिकले जानकारी गराएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij