Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

रुससँग नेपालले माग्यो ४० लाख डोज खोप

रुससँग नेपालले माग्यो ४० लाख डोज खोप

  • 577
    SHARES
  • रुससँग नेपालले माग्यो ४० लाख डोज खोप

    काठमाडौं । नेपाल सरकारले रुस सरकारसँग कोभिड- १९ विरुद्धको ४० लाख डोज खोप मागेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले रुससँग तत्कालका लागि ४० लाख डोज मागिएको बताए । 

    खोपको मूल्य, खरिद प्रक्रिया, ढुवानी र खोपको प्रयोगका बारेमा भने टुंगोमा पुग्न बाँकी रहेको उनले बताए । बुधबार मन्त्री त्रिपाठी र मस्कोबाट काठमाडौं आइपुगेको स्वास्थ्य टोलीबीच खोप आपूर्तिको बारे छलफल भएको थियो ।

    मन्त्रालयका अनुसार रुसले नेपाललाई आगामी डिसेम्बरभित्र ८० लाख डोज स्पुतनिक- ५ खोप उपलब्ध गराउने भएको छ ।

    रुसबाट सरकार-सरकार (जीटुजी) प्रक्रियामार्फत स्पुतनिक- ५ खोप ल्याउने निर्णय गरेर नेपाल सरकारले छलफल प्रक्रिया अघि बढाए पनि खोप ल्याउनेबारे टुंगो लागिसकेको छैन । गत वैशाख ७ गते औषधी व्यवस्था विभागले रसियन खोपलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिएको छ ।

  • सम्बन्धित विषय:

  • # रुस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij