Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

हलेसी मन्दिरमा पिपुल काउन्टिङ मेसिन जडान

हलेसी मन्दिरमा पिपुल काउन्टिङ मेसिन जडान

  • 358
    SHARES
  • हलेसी मन्दिरमा पिपुल काउन्टिङ मेसिन जडान

    काठमाडौं । खोटाङको त्रि-धार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवम् पर्यटकको गणनाका लागि पिपुल काउन्टिङ मेसिन जडान गरिएको छ ।

    हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरमा दर्शन एवम् भ्रमणका लागि प्रवेश गर्ने दर्शनार्थी एवम् पर्यटकको गणनाका लागि माछापुच्छ्रे बैंकले गणना मेसिन जडान गरेको हो ।

    बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत राखिएको पिपुल काउन्टिङ मेसिन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले उद्घाटन गरेकी हुन् ।

    हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान हलेसीमा हालसम्म दर्शन एवम् भ्रमण गर्ने पर्यटक तथा दर्शनार्थीको तथ्यांक राख्ने व्यवस्था नभएको अवस्थामा पिपुल काउन्टिङ मेसिन राखिएको माछापुच्छ्रे बैंक हलेसी शाखाका प्रबन्धक नयन थापाले बताए ।

    मन्दिरको प्रवेश द्वारमा गणनाका लागि पिपुल काउण्टिङ क्यामेरा जडित ढोका बनाइएको छ । मन्दिर प्रवेश गर्ने पर्यटक र दर्शनार्थीलाई सोही ढोकाबाट प्रवेश गर्नेरगराउने व्यवस्था मिलाइने छ ।

    पिपुल काउण्टिङ क्यामेराले मन्दिर प्रवेश गर्ने र बाहिरिने पर्यटक तथा दर्शनार्थीको संख्या कम्प्युटरमा रेकर्ड गर्ने हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए । पिपुल काउन्टिङ मेसिनको ढोकाबाट प्रवेश नगर्नेको संख्या भने रेकर्ड नहुने जनाइएको छ ।

    कार्यक्रममा उपमेयर रमेश राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायतको उपस्थिति रहेको थियो । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij