वेबटिभी खबर
एजेन्सी । बेल्जियन फरवार्ड रोमेलु लुकाकु इन्टर मिलान फर्किएका छन् । लुकाकु एक वर्षको लागि लोनमा इन्टर मिलान फर्कन लागेका हुन्। उनी इंग्लिस क्लब चेल्सी गएको एक वर्षपछि इन्टर मिलान फर्किएका हुन् ।
इन्टरले बुधबार राति लुकाकुलाई अनुबन्ध गरिएको जनाएको छ।
इन्टरले लुकाकुका लागि करिब ८० मिलियन युरो लोन शुल्क तिर्न सहमत भएको छ।
चेल्सीले लुकाकुलाई गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७।५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो। लुकाकुले चेल्सीसँग ५ वर्षको सम्झौता गरेका थिए।
लुकाकुले इन्टरमा ९० नम्बरको जर्सी लगाउने भएका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij