काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि विनियोजित बजेट कार्य प्रगतिका आधारमा सम्बन्धित विद्यालयलाई नै यथाशीघ्र निकासा दिन स्थानीय तहलाई अनुरोध गरेको छ ।
केन्द्रले शुक्रबार सूचना प्रकाशन गर्दै लेखापरीक्षण प्रतिवेदन, सामाजिक परीक्षण लगायत कार्यहरूको जवाफदेही विद्यालय नै जिम्मेवार हुने गरि स्वीकृत कार्यक्रमका लागि विनिजित भएको बजेट सम्बन्धित विद्यालयलाई निकासा दिई बाँकी काम यथाशीघ्र सम्पन्न गर्न/गराउन केन्द्रले अनुरोध गरेको हो ।
चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट कार्य सम्पन्न हुन नसकेको अवस्थामा उक्त विद्यालयहरूलाई सोही प्रयोजनाको लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था नभएकाले यथाशीध्र रकम निकासा दिई बाँकी काम सम्पन्न गर्न/गराउन केन्द्रले सम्बन्धित विद्यालय र शिक्षा विकास तथा समन्वय इकाईलाई अनुरोध गरेको हो ।
राष्ट्रिपति शैािक्षक सुधार कार्यक्रम अन्तर्गतका दुईकोठे/चारकोठे भवन निर्माण तथा पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि कार्यान्वयन प्रक्रिया यसपूर्व नै पठाइएकामा हाल उक्त कार्यक्रमहरू छनौट एवम् वितरण गर्दा कोभिड-१९ को प्रभावका कारण त्रैमासिक श्रोत फुकुवपामा ढिलाई भएको र स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधि जस्ता प्राविधिक तथा प्रशासनिक कारण पनि उक्त क्रियाकलापहरू चालु आव २०७९/०७९ भित्र सम्पन्न गर्न नसकिने र वैकल्पिक व्यवस्थाका लागि विद्यालयले केन्द्रलाई अनुरोध गरेको सूचनामा उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology