Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अस्पतालमा पार्क बनाउन कृषि विकास बैंकद्वारा सहयोग

अस्पतालमा पार्क बनाउन कृषि विकास बैंकद्वारा सहयोग

  • 369
    SHARES
  • अस्पतालमा पार्क बनाउन कृषि विकास बैंकद्वारा सहयोग

    चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्क बनाउन कृषि विकास बैंकले सहयोग गरेको छ । बैंकले पार्क बनाउनका लागि १५ लाखको चेक हस्तान्तरण गरेको हो ।

    बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगरका प्रमुख रघुनाथ न्यौपानेले अस्पतालका अध्यक्ष डा.निर्मल लामिछाने र कार्यकारी निर्देशक डा.देजकुमार गौतमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

    अस्पतालले प्रशासनिक भवन पछाडिको खाली जमिनमा पार्क बनाउने जनाएको छ । बिरामी र कुरुवालाई लक्षित गरी पार्क बनाउन लागिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij