Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

देशको शैक्षिक क्षेत्र कोमामा :  अखिल क्रान्त्रिकारी

देशको शैक्षिक क्षेत्र कोमामा :  अखिल क्रान्त्रिकारी

  • 654
    SHARES
  • देशको शैक्षिक क्षेत्र कोमामा :  अखिल क्रान्त्रिकारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले (अखिल क्रान्त्रिकारी)ले नेपालको शैक्षिक क्षेत्र कोमामा पुगेकाे जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै क्रान्त्रिकारीले शैक्षिक क्षेत्रमा रहेकाे रचम वेथितिका कारण देशको शैक्षिक अवस्था कोमामा पुगेको जनाएको हाे ।

    २०२८ सालमा बनेको पञ्चायतकालीन ऐनलाई दशौँपटक संशोधन गर्दा पनि यसले नेपालको शैक्षिक समस्यालाई समाधान गर्न नसकेकाले सरकारले जतिसक्दो चाँडो नयाँ शिक्षा ऐन ल्याउनुपर्ने पनि युनियनको माग रहेको छ ।

    सामुदायिक शिक्षादेखि व्यवसायीक शिक्षासम्म र चिकित्सा शिक्षादेखि विश्वविद्यालयसम्म सबै क्षेत्रमा अराजकता चुलिएको युनियनको भनाइ छ ।

    शिक्षामा बढ्दो निजीकरणले सीमा नाघ्दा शिक्षा क्षेत्र हो कि बजार भन्ने छुट्याउनै नसकिने अवस्थामा नेपालको शैक्षिक क्षेत्र फसेको युनियनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    युनियनले बुधबार विभिन्न १९ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाएका छन् ।

    296589056_786434945879278_8603326689870757188_n.jpg

     

    296835187_1035441400672297_7554529030734306236_n.jpg

     

    296768852_3333194966926709_7144995966246511883_n.jpg

     

    295544769_397753572347648_6777831326994108050_n.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij