Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

मुख्यमन्त्री राउतलाई बर्खास्त गर्नुपर्ने माग गर्दै लोसपानिकट विद्यार्थी संगठनले बुझायाे प्रदेश प्रमुखलाई ज्ञापनपत्र

मुख्यमन्त्री राउतलाई बर्खास्त गर्नुपर्ने माग गर्दै लोसपानिकट विद्यार्थी संगठनले बुझायाे प्रदेश प्रमुखलाई ज्ञापनपत्र

  • 164
    SHARES
  • मुख्यमन्त्री राउतलाई बर्खास्त गर्नुपर्ने माग गर्दै लोसपानिकट विद्यार्थी संगठनले बुझायाे प्रदेश प्रमुखलाई ज्ञापनपत्र

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ मधेस प्रदेश कमिटीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई बर्खास्त गर्नुपर्ने माग राख्दै शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको छ ।

    मुख्यमन्त्री राउतले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमका लागि किनेको साइकलमा अनियमितता गरेको भन्दै कमिटीले प्रदेश प्रमुख मिश्रसँग बर्खास्तीको माग गरेको हो ।

    प्रदेश कमिटी अध्यक्ष मिथलेश यादवसहितले प्रदेश प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘मधेस प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंले मिति २०७९ साउन १८ गते प्रेस विज्ञप्ति जारी गरि मधेस प्रदेशको मुख्यमन्त्री ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको भनि विषयमा आरोपपत्र दायर गरिएको विषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । आयोगले मिति २०७८ असोज १३ गते मुख्यमन्त्री कार्यालयबाट यस मधेस प्रदेशको लोकप्रिय कार्यक्रम मध्ये ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको उजुरी पर्न आएकोले छानबिनका लागि लगिएको फाइल र उपलब्ध कागजातहरूको आधारमा यहि मिति २०७९ साउन १८ गते करिब १० महिनाको लामो सुक्ष्म अध्ययन र छानबिनपश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश जनकपुरधामबाट साइकल खरिद प्रक्रिया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू र साइकल आपूर्तिकर्ताले नेपाल सरकार/प्रदेश सरकारलाई बदनियतपूर्वक रु १०,३३,००,७५८ (अक्षरेपी दश करोड तेत्तीस लाख सात सय अन्ठाउन्न रुपैयाँ) हिनामिना एवं हानी नोक्सानी गरेको भनी अख्तियारले पुष्टि गरि सम्मानित अदालतमा मुद्दासमेत दायर गरेको छ । यति मात्र नभई मुख्यमन्त्री कार्यालयद्वारा संचालित स्वच्छता अभियानअन्तर्गत सार्वजनिक जग्गा तथा सामुदायिक विद्यालयमा शौचालय निर्माण, पोखरी सौन्दर्यकरण, कोभिड अस्पताल निर्माण, जानकी मन्दिर सौन्दर्यकरण, विमा योजना, मधेस स्वास्थय विज्ञान प्रतिष्ठान आदि जस्ता कार्यक्रममा पनि अनियमितता भएको भनी हाम्रो ठहर रहेको छ । तसर्थ यी सबै कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संचालनमा रहेको हुँदा यिनमा संलग्न रहेका भ्रष्ट कर्मचारी र यिनलाई संरक्षण दिने नाइके स्वमं यस प्रदेशको मुखिया मुख्यमन्त्री नै रहेको हुँदा नौतिकताको हिसाबले राजीनामा दिई प्रदेशलाई नैतिक आचरणयुक्त प्रदेश निर्माणमा सहयोग गर्नु उनको नैतिक दायित्व हुनु पर्थ्यो तर यस्तो नगरेको कारणले हामी मा.प्रदेश प्रमुखज्यू कहाँ यस किसिमका भ्रष्टाचारको आरोप सम्मानित अदालतमा दर्ता भइसकेकोले प्रदेशको गरिमालाई बचाउन मुख्यमन्त्री र यिनका मन्त्री मण्डललाई बर्खास्त गर्नुको विकल्प नरहेकोले हामी बर्खास्तीको जोडदार माग गर्दछौं ।’

    कमिटीले भ्रष्टाचारको आरोप लागेका नेता तथा कर्मचारीलाई बर्खास्त नगरे प्रदेश रक्षाको निम्ति संघर्षमा उत्रिन बाध्य हुने बताएको छ ।

    प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा केन्द्रीय विद्यार्थी नेता रोशन मिश्र, प्रदेशस्तरीय विद्यार्थी नेता त्रिदेव मिश्र, लोकतान्त्रिक विद्यार्थी संघ जिल्ला अध्यक्ष इजाज अन्सारी, सिद्धार्थ चौधरी, लोकतान्त्रिक युवा संघ जिल्ला अध्यक्ष प्रशान्त झा, जिल्ला विद्यार्थी नेता उमेश दासलगायतका जिल्लास्तरीय विद्यार्थी नेता उपस्थित थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology