Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

ला लिगा : रियल मड्रिडको विजयी सुरुवात

ला लिगा : रियल मड्रिडको विजयी सुरुवात

  • 564
    SHARES
  • ला लिगा : रियल मड्रिडको विजयी सुरुवात

    काठमाडौं । साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ । 

    आइतबार राति भएको खेलमा रियलले अल्मेरियाविरुद्ध पुनरागमनसहित २-१ को जित निकाल्यो । १-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।

    जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो । गएराति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij