Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नरैनापुरमा राहतको प्याकेज उपलब्ध गराउन माग

नरैनापुरमा राहतको प्याकेज उपलब्ध गराउन माग

  • 441
    SHARES
  • नरैनापुरमा राहतको प्याकेज उपलब्ध गराउन माग

    बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा सबै वडाका किसानलाई सिँचाइको सुविधा हुने गरी डिप बोरिङ जडान र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीको विशेष उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।

    गत वर्षको बेमौसमी वर्षाका कारण भित्र्याउने अवस्थामा रहेको धानबालीमा ठूलो नोक्सानी बेहोरेका नरैनापुरका किसानले यस वर्ष लामो समयको खडेरीका कारण धानसमेत रोप्न पाएका छैनन् ।

    खडेरीका कारण धान रोप्न र बर्षातमा लगाइने खेतीसमेत लगाउन नपाएकाले किसानले सुक्खा तथा खडेरी बेहोर्न नपर्ने गरी आफूले प्रदेश र संघमा निरन्तर पहल गरेको लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसीले बताए ।

    उनले नरैनापुर अत्यन्तै पिछडिएको क्षेत्र भएको र गत वर्षको बेमौसमी बर्षातले धान सखाप परेको भन्दै गर्दै यो वर्ष पनि लामो खडेरीका कारण धान रोप्न नपाएका किसानलाई राहत र सिँचाइका लागि डिप बोरिङको व्यवस्था गर्न पहल भएको उल्लेख गरे ।

    जिल्लाको अन्न भण्डारकारूपमा आफ्नो परिचय बनाएको गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । खडेरीका कारण वर्षे खेती लगाउन नसकिएको र लगाएको पनि खडेरीका कारण सुकेर गएकाले संघ र प्रदेशले नरैनापुरका लागि विशेष प्याकेज घोषणा गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष शाहले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij