Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

ङादी ग्रुप पावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

ङादी ग्रुप पावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

  • 405
    SHARES
  • ङादी ग्रुप पावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता शेयर लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने कम्पनीले जनाएको हो ।

    कम्पनीले असोज २ गतेदेखि सर्वसाधारण समूहको शेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    ङादी ग्रुप पावरले गएको साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो ।

    त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद शेयर नबिकेपछि कम्पनीले बाँकी रहेको शेयर लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

    यसैगरी, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरू विराटनगर, विर्तामोड, वीरगञ्ज , जनकपुर, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, घनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन पाइनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij