Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चुनावको मुखमा दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई व्यापारमा झार्नु हो : पूर्वप्रधानमन्त्री डा.भट्टराई

चुनावको मुखमा दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई व्यापारमा झार्नु हो : पूर्वप्रधानमन्त्री डा.भट्टराई

  • 502
    SHARES
  • चुनावको मुखमा दलबदल र कित्ता परिवर्तन गर्नु  राजनीतिलाई व्यापारमा झार्नु हो : पूर्वप्रधानमन्त्री डा.भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले संसदीय चुनाव नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै गएको भन्दै दुःख व्यक्त गरेका छन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले बिहीबार सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् ।

    अध्यक्ष डा.भट्टराईले चुनावको मुखमा पार्टी परिवर्तन गर्नु भनेको राजनीतिलाई व्यापारमा झार्नु रहेको टिप्पणी गरेका छन् ।

    उनले ट्वीटरमा लेखेका छन्, ‘चुनाव नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद् छ । एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त, आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ।’

    डा.भट्टराईले त्यस्तो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गर्न आग्रह गरेका छन् ।

    आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुँदैछ । लगातार तीन पटकसम्म गृहजिल्ला गोरखा–२ बाट चुनाव जित्दै आएका अध्यक्ष डा.भट्टराईले चुनाव नलड्ने घोषणा गरिसकेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij