वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर १ बाट स्वर्णिम वाग्लेलाई प्रतिनिधिसभातर्फको उम्मेदवार बनाउन सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र १ मा कांग्रेस नेता तथा अर्थशास्त्री वाग्ले हुँदा गोरखामा विकास हुने तर्क गरेका छन् ।
डा.भट्टराईले शनिबार ट्वीटरमा लेखेका छन्,‘मित्रहरूलाई अन्यथा लाग्दैन भने गोरखामा प्रचण्ड र स्वर्णिम वाग्लेको चुनावी जुगलबन्दी गर्दा कसो होला ? गोरखालाई विकास/समृद्धिको नमूना बनाउने हो भने विकास योजना निर्माण गर्ने र व्यवस्थापन/कार्यान्वयन गर्ने क्षमताको संयोजन हुनैपर्छ ! यी दुइ व्यक्तित्वमा ती गुण छन् ! गम्भीर ढंगले सोचौं ।’
सत्ता गठबन्धनमा गोरखा क्षेत्र नम्बर १ नेपाली कांग्रेसको भागमा परेको छ । गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ बाट डा.भट्टराईले लगातार ३ पटकसम्म चुनाव जित्दै आएका थिए । यसपटक भनेर चुनाव नलड्ने घोषणा डा.भट्टराईले गरिसकेका छन् ।
मित्रहरूलाई अन्यथा लाग्दैन भने गोरखामा प्रचण्ड र स्वर्णिम वाग्लेको चुनावी जुगलबन्दी गर्दा कसो होला? गोरखालाई विकास/समृद्धिको नमूना बनाउने हो भने विकास योजना निर्माण गर्ने र व्यवस्थापन/कार्यान्वयन गर्ने क्षमताको संयोजन हुनैपर्छ! यी दुइ व्यक्तित्वमा ती गुण छन्! गम्भीर ढंगले सोचौं!
— Baburam Bhattarai (@brb1954) October 8, 2022
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij