Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बाबुराम नेतृत्वको नेसपाका ६ जना माओवादीको चुनाव चिह्नमा लड्दै

बाबुराम नेतृत्वको नेसपाका ६ जना माओवादीको चुनाव चिह्नमा लड्दै

  • 455
    SHARES
  • बाबुराम नेतृत्वको नेसपाका ६ जना माओवादीको चुनाव चिह्नमा लड्दै

    काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन् ।

    नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनावमा गएको छ । सत्तारूढ गठबन्धनले सिट बाँडफाँट गर्दा नेपाल समाजवादी पार्टीलाई सात सिट छुट्याएको र त्यो माओवादी कोटामा परेको छ ।

    माओवादीले गठबन्धनमा पाएको प्रतिनिधिसभाको सिटमध्ये दुई बाबुरामको पार्टीलाई दिएको छ । जसमा महेन्द्रराय यादव सर्लाही-२ र मानुषीयमि भट्टराई काठमाडौं-७ बाट उम्मेदवार बनेकी छन् ।

    त्यस्तै माओवादीले प्रदेश सभाको ४ सिट पनि उपलब्ध गराएको छ । प्रदेश सभाअन्तर्गत गंगानारायण श्रेष्ठ सिन्धुली २ (ख), फणीन्द्र देवकोटा गोरखा २ (क), चिनक कुर्मी नवलपरासी पश्चिम २ (क) र सुनिल साह सर्लाही २ (क) बाट उम्मेदवार बनेका छन् ।

    यसपटक बाबुराम भने उम्मेदवार बनेका छैनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij