Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बझाङ जीप दुर्घटना अपडेटः मृतक संख्या सात पुग्यो

बझाङ जीप दुर्घटना अपडेटः मृतक संख्या सात पुग्यो

  • कार्तिक २, २०७९ बुधवार २१:५१ बजे
  • 303
    SHARES
  • बझाङ जीप दुर्घटना अपडेटः मृतक संख्या सात पुग्यो

    धनगढी । बझाङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका–३ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया बसन्ती धामी, ३८ वर्षीय वीरेन्द्र आधिकारी, ७ महिने बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइते मध्य ५ जनालाई जिल्ला अस्पताल डडेल्धुरा रेफर गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धनगढी ल्याइने भएको छ । बाँकि ११ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सु.प.प्र ००१–००१ च ११७ नम्बरको जीप दुर्घटना भएको थियो ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij