Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

हातखुट्टा धुन पोखरीमा गएकी दैयाको डुबेर मृत्यु

हातखुट्टा धुन पोखरीमा गएकी दैयाको डुबेर मृत्यु

  • 299
    SHARES
  • हातखुट्टा धुन पोखरीमा गएकी दैयाको डुबेर मृत्यु

    उदयपुर । उदयपुरमा पोखरीमा डुबेर एकको ज्यान गएको छ । त्रियुगा नगरपालिका-६ जलजलेस्थित रानी पोखरीमा डुबेर त्रियुगा नगरपालिका-५ श्रीपुरकी ६० वर्षीया दैया परियारको ज्यान गएको हो ।

    गाईबस्तु चराएर घर फर्काउने बेला हातखुट्टा धुन पोखरी छेउमा पसेकी उनी त्यहीँ डुबेर ज्यान गएको अवस्थामा अन्य गोठालाले फेला पारेका हुन् ।

    गाईबस्तु चराएर फर्काउने क्रममा डुबेर गम्भीर घाइते भएकी परियारको इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालयबाट खटेको टोली उद्धार गरी बाहिर ल्याउँदा ज्यान गइसकेको थियो । 

    मृतकको शव उदयपुर अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij