Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

रियल मड्रिडको हार

रियल मड्रिडको हार

  • 362
    SHARES
  • रियल मड्रिडको हार

    काठमाडौं । साविक विजेता रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत समूह एफको विजेता बन्न अन्तिम खेलको नतिजा कुर्नु पर्ने भएको छ । रियल मड्रिड मंगलबार राति रियल आरबी लाइपजिकसँग ३-२ ले निराश भएको थियो । 

    समूह एफमा पाँच खेलमा शीर्ष स्थानको रियलको १० अंक छ भने समान खेलमा दोस्रो स्थानको लाइपजिकको नौ अंक रहेको छ । तेस्रो स्थानको सख्तर डोनेक्सको ६ र चौथो स्थानको सेल्टिकको मात्र दुई अंक छ ।

    समूहको अन्तिम खेलमा रियलले सेल्टिकको सामना गर्नेछ । सो खेल जितेमा रियल समूह विजेता बन्ने छ । यस समूहबाट रियल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । लाइपजिकलाई  नकआउट चरणमा स्थान बनाउन तेस्रो स्थानको सख्तर डोनेक्ससँग हार टार्नु पर्ने हुन्छ ।

    १३औं मिनेटमा जोस्को जिभारडियोलको गोलमा रियलले लाइपजिकले अग्रता लिएको थियो । १८औं मिनेटमा एनकुन्कुले गरेको गोलमा लाइपजिकले अग्रता दोब्बर पारेको थियो ।

    ४४औं मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले खेलमा फर्कने संकेत गरेको थियो । ८१औं मिनेटमा टिमो वार्नेरले लाइपजिकका लागि तेस्रो गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा रोर्डिगोले पेनाल्टीको सदुपयोग गर्दै रियाललाई खेलमा फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन ।

    समूह ुएफु कै अर्को खेलमा सख्तर डोनेक्स र सेल्टिकले १-१ को बराबरी खेले ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij