Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भैलोको रकमले गाउँमा बत्ती जडान

भैलोको रकमले गाउँमा बत्ती जडान

  • 305
    SHARES
  • भैलोको रकमले गाउँमा बत्ती जडान

    बाँके । बाँके जिल्ला खजुरा गाउँपालिका-३ स्थित न्यू बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर जम्मा भएको रकमले गाउँभर बत्ती बालेको छ ।

    क्लबको अगुवाइमा खेलिएको देउसी भैलोबाट संकलित रकमले गाउँका बाटोको पोलमा बत्ती जडान गरिएको हो । रातीको समयमा अन्धकार हुने खजुरा-३ को ‘बी’ गाउँमा बत्ती बालिएपछि उज्यालोसँगै रातको समयमा आवतजावत गर्न सहज भएको स्थानीवासीले बताए ।

    स्थानीय नारायण थापाका अनुसार रमाइलोका लागि खेलिएको भैलीको रकमबाट सबैलाई सुविधा पुग्ने गरी क्लबले बत्ती जडान गर्दा रकमको सदुपयोग हुनाका साथै सामाजिक सेवाको भावना पनि अभिवृद्धि भएको छ ।

    खेलकुदसँगै गाउँघरको सरसफाई र यस्तै किसिमको सामाजिक कार्य गर्दै आएकामा गाउँमा रातको समयमा हिँड्डुल गर्दा समस्या भएपछि बत्ती बाल्नैका लागि भैली कार्यक्रम आयोजना गरिएको  क्लबका अध्यक्ष सुरज सिंह ठकुरीले बताए । बत्ती जडानमा ७५ हजारभन्दा बढी खर्च भएको क्लबले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij