वेबटिभी खबर
दैलेख । दैलेखको निर्वाचन क्षेत्रनम्बर-१ मा एमालेको अग्रता कायमै रहेको छ । ७०० मतगणना हुँदा एमालेका रवीन्द्रराज शर्माले ३५२ मत प्राप्त गरेका छन् ।
शर्मालाई सत्तागठबन्धनका एकीकृत समाजवादीका अम्मरबहादुर थापा २६२ प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यसैगरी राप्रपाकी कुन्तीकुमारी शाहीले ११५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन् भने नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ३३ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र पार्टीका ईन्द्रप्रसाद शर्माले र बिपी कांग्रेसका भुपालबहादुर थापाले एक–एक मत प्रप्त गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij