Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

वायु प्रदुषण नियन्त्रण गर्न नसकेपछि इन्डोनेशियामा राष्ट्रपतिसहित तीन मन्त्रीविरुद्ध मुद्दा

वायु प्रदुषण नियन्त्रण गर्न नसकेपछि इन्डोनेशियामा राष्ट्रपतिसहित तीन मन्त्रीविरुद्ध मुद्दा

  • 720
    SHARES
  • वायु प्रदुषण नियन्त्रण गर्न नसकेपछि इन्डोनेशियामा राष्ट्रपतिसहित तीन मन्त्रीविरुद्ध मुद्दा

    जकार्ता । इन्डोनेशियाको राजधानी र सबैभन्दा प्रदुषित शहर जाकार्ताका भिडियोग्राफर ३६ वर्षिय अडिथो हरिनुग्रोहो प्रदुषण नियन्त्रण गर्न नसकेको आरोपमा राष्ट्रपति जोको विडोदो, स्वास्थ्य मन्त्री, वातावरण तथा गृहमन्त्रीसहित तीन प्रान्तका गभर्नरविरुद्ध मुद्दा दर्ता गर्ने ३२ जना व्यक्तिमध्ये एक हुन् ।

    यी सबै जना धुलो धुँवाले आफ्नो स्वास्थ्यमा असर पुगेको भन्ने भएपछि मन्त्रीहरुविरुद्ध मुद्दा हाल्न पुगेका हुन् । बिहीबार मुद्दाको सुनुवाइ हुने भने पनि केस फाइलमा केही महत्वपूर्ण कागजात नभएका कारण न्यायाधीशले सुनुवाई स्थगित गरे ।

    दुई करोड नौ लाख जनसंख्या भएको जकार्तामा प्रदूषण बढेपछि राष्ट्रपति जोको विडोदोले यस समस्यालाई बेवास्ता गर्दै बोर्निओ टापुमा नयाँ राजधानी बनाउने घोषणा गरेका थिए । यस मुद्दालाई अदालतमा ल्याउने वातावरणीय कार्यकर्ता युयुन इस्मावतीका अनुसार इन्डोनेशियामा वायु प्रदूषणका मापदण्ड डब्लुएचओले तोकेकोभन्दा कम छ । यी पनि कडाईका साथ लागू गरिएको छैन् । उनी भन्छिन्, 'गाडीको धुवाँ, पावर प्लान्ट्स, सवारी साधन निरीक्षण प्लान्ट, सिसा ब्याट्रीहरूको रिसाइक्लिंग, प्लास्टिक र टायर जलाउने उद्योगहरू पनि प्रदूषणका प्रमुख कारणहरू हुन् ।'

    विश्वको ५७६ सहरमा पर्यावरणको स्थिति विश्लेषण गर्ने फर्म भेर्सिक म्यापलेट्राफ्टले गत साता जारी गरेको रिपोर्टअनुसार जकार्ता सबैभन्दा धेरै खतरामा छ । यस कारणले गर्दा यहाँ भूकम्प र बाढीको जोखिम छ । प्रतिवेदनले इन्डोनेशियामा प्रदूषणले थप गम्भीर क्षति भोग्न सक्ने चेतावनी दिएको छ ।

    विश्वको चौथो ठूलो देश इन्डोनेशियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख छ । जुन, दक्षिणपूर्वी एशियामा सर्वाधिक हो । विशेषज्ञहरुले युवा र बालबालिका प्रदुषण उच्च जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij