Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख संकलन

स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख संकलन

  • 270
    SHARES
  • स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख संकलन

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका-१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ ।

    यसका लागि यही मंसिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ आयोजक समितिका प्रचारप्रसार संयोजक खगेन्द्र खत्रीले सोमबार आम्दानी विवरण सार्वजनिक गरेका हुन् ।

    ‘३५ लाख ५९ हजार छ सय सहयोग घोषणा भएको छ’, उनले भने, ‘घोषणा भएको मध्ये ३१ लाख नगद प्राप्त भइसक्यो ।’ ४४ मुरी धान र छ मुरी जौँ संकलन भएको छ ।

    सामान्य बिरामी हुँदा आधारभूत स्वास्थ्य सेवा लिनसमेत घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफैँ लगानी जुटाउन पूर्णगाउँको शिवालय र लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो ।

    महायज्ञमा देवराज सुवेदीले कथावाचन गरेका थिए । महायज्ञका कार्यालय सचिव नीलकण्ठ सुवेदीले यज्ञबाट संकलन भएको ३० प्रतिशत रकम शिवालय मन्दिर सञ्चालनका लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य एकाइ स्थापनार्थ परिचालन गरिने जानकारी दिए ।

    पूर्णगाउँमा दुई सयभन्दा बढी घरधुरीको बसोबास छ । यो वडाको स्वास्थ्यचौकी कुहुँमा छ । पूर्णगाउँबाट कुहुँ पुग्न एक घण्टा पैदलयात्रा गर्नुपर्छ ।

    स्वास्थ्य संस्था टाढा हुँदा औषधोपचारमा समस्या भएकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्न लागिएको महायज्ञ आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij