वेबटिभी खबर
धनगढी । कञ्चनपुरमा २२ वर्षीय एक युवक मृत फेला परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका वडानम्बर-१२ उन्नतिटोलका २२ वर्षीय प्रेम विष्ट मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन् ।
आफ्नै कोठामा मृत अवस्थामा फेला परेका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij