वेबटिभी खबर
मस्को । रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले एक विज्ञप्ति जारी गर्दै रुस र साउदी अरबले संयुक्त रुपमा मानवसहित अन्तरिक्ष यात्राका लागि तयारी गरिरहेको र यसका लागि दुवै देशका अन्तरिक्ष यात्रीलाई प्रशिक्षण दिइरहेको बताएका छन् ।
रुस र साउदी अरब दुवै कच्चा तेलका मुख्य निर्यातकर्ता हुन् । तेलसम्बन्धी सम्झौताले दुवै देशबीचको सम्बन्धमा महत्वपूर्ण भूमिका खेलेको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार दुवै देशका अन्तरसरकारी अधिकारीहरुबीच भर्चुअल वार्तापछि अलेक्जेन्डर नोभाकले दुवै देशले मानवयुक्त यात्राका लागि तयारी भइरहेको जानकारी दिएका हुन् ।
आधिकारिक वक्तव्यमा यसबारे अन्य थप जानकारी दिइएको छैन् । यस वर्षको आरम्भमा रूसी अन्तरिक्ष एजेन्सी रसकसमसले सन् २०२५ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट बाहिर निस्किने र आफ्नै अन्तरिक्ष स्टेशनको निर्माण हुने बताएको थियो ।
#Russia and #Saudi Arabia are preparing for a joint manned space mission, Russian Deputy Prime Minister Alexander Novak said. pic.twitter.com/10qPZ3gezI
— The Saudi Post - English (@TheSaudiPost_En) May 26, 2021
अन्तरिक्ष एजेन्सीले राष्ट्रपति भ्लादिमीर पुटिनबाट स्वीकृति पाए पछि अन्तरिक्ष स्टेशनलाई अर्बिटमा पठाउनेछ । यससँगै अन्तरिक्ष अभियानमा अमेरिका र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा दुई दशकभन्दा बढी समयदेखि रहेको रुसको सहयोग अन्त्य हुने र रुसी अन्तरिक्ष अभियानमा नयाँ अध्याय सुरु हुने विश्वास गरिएको छ ।
साथै भविष्यमा हुने अन्तरिक्ष अभियानका लागि चीन र रुस दुवै देशबीच सहयोग आदानप्रदान हुने निर्णय भएको रसकसमसका कार्यकारी अलेक्जेन्डर बोलसेन्कोले बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij