Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै, २२ शव आफन्तलाई बुझाइयो

पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै, २२ शव आफन्तलाई बुझाइयो

  • 267
    SHARES
  • पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै, २२ शव आफन्तलाई बुझाइयो

    काठमाडाैं । यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ ।

    नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौँ ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ ।

    मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको सो अस्पतालले जनाएको छ । कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ ।

    पहिचा भएका मध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । 

    पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका छन।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij