Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बर्थिङ सेन्टर नहुँदा सुत्केरीलाई समस्या

बर्थिङ सेन्टर नहुँदा सुत्केरीलाई समस्या

  • 334
    SHARES
  • बर्थिङ सेन्टर नहुँदा सुत्केरीलाई समस्या

    डोटी । डोटीको बडीकेदार गाउँपालिका-२ स्थित सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सेन्टर सञ्चालन नहुँदा सुत्केरीलाई समस्या भएको छ ।

    images

    गाउँपालिकाको केन्द्र रहेको सो वडामा हाल पालिकास्तरिय अस्पातलसहित तीन सामुदायिक स्वास्थ्य एकाइ छन् । ती कुनैमा पनि बर्थिङ सेन्टर भने छैन् ।

    स्थानीय तह स्थापना भएको ६ वर्ष बितिसक्दा पनि पालिकाले विकास निर्माणसँगै शिक्षा, कृषि, स्वास्थ्यलगायत क्षेत्रमा खासै ध्यान नदिएको यस क्षेत्रका नागरिकको गुनासो छ ।

    सामुदायिक स्वास्थ्य एकाइ सडेखानमा दुई स्वास्थ्यकर्मी भए पनि बर्थिङ सेन्टर स्थापना नहुँदा सुत्केरीलाई समस्या भएको स्थानीय प्रकाश लामिछानेले बताए । स्थानीय सरकार आएपनि नागरिकको जनजीवनसँग जोडिएको स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलागायत क्षेत्रमा उल्लेख्य लगानी भएको छैन ।

    दुई हजार पाँच सय जनसंख्या रहेको बडीकेदार-२ मा बर्थिङ सेन्टर नहुँदा सुत्केरी सेवा लिन कैलालीको अत्तरिया र धनगढीस्थित अस्पताल धाउनुपर्ने बाध्यता छ । बडीकेदार-२ सबैभन्दा विकट छ ।

    यहाँ सुत्केरीलाई सडकसम्म चार घण्टा बोकेर लैजानुपर्ने बाध्यता छ । कतिपय अवस्थामा सडकसम्म लैजाँदा बाटोमै सुत्केरी हुने अवस्था भोग्नुपरेको लामिछानेले जानकारी दिए ।

    सामुदायिक स्वास्थ्य एकाइमा अनुभवी तथा तालिम प्राप्त कर्मचारी नहुँदा बर्थिङ सेन्टर सञ्चालन गर्न नसकिएको बडीकेदारका स्वास्थ्य शाखा प्रमुख खडक धामीको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology