Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

लागुऔषधसहित चारजना पक्राउ

लागुऔषधसहित चारजना पक्राउ

  • 235
    SHARES
  • लागुऔषधसहित चारजना पक्राउ

    धनुषा । धनुषा प्रहरीले जनकपुरधामबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरूलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा प्रदेश २०२-००१ स ०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका-७ का २२ वर्षीय दिलसाद नदाफ, ज६प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे छन् ।

    यस्तै, नगराइन नगरपालिका-७ का ज११प ४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव, सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले जानकारी दिए ।

    गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा जुटको बोरामा १० वटा कार्टुनमा राखी पीडारीचोकदेखि उत्तरतर्फ उक्त परिमाणको लागुऔषध लैजाँदै गरेको अवस्थामा बरामद गरिएको प्रमुख खड्काले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij