Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  • 288
    SHARES
  • ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    जनकपुर । लक्ष्मीनियामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जनकपुर-ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियामा गएराति भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

    मोटरसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका-४ सपही का ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्यनारायण साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमअनुसार राति ९ बजेतिर ज१त५२४५ नम्बरको ट्याक्टरले ज१०प६४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    दुवै शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको उपरीक्षक गौतमले जानकारी दिए । टयाक्टर र टयाक्टर चालकलाई नियन्त्रणमा लिएर आवाश्यक कारबाही प्रक्रिया सुरु गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij