वेबटिभी खबर
जनकपुर । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट आज यहाँ होली पर्व मनाउन लागिएको हो ।
मिथिलाञ्चल क्षेत्रमा रंगहरूको पर्व होली मनाउने परम्परा रहेको छ । यसअघि फागुन पूर्णिमाको दिन सोमबार पहाडी जिल्लामा र त्यसको भोली पल्ट मंगलबार तराई मधेशका जिल्लाहरूमा होली पर्व मनाइएको थियो ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक एवं आपसी एकता सद्भावकमो रूपान होली पर्व मनाइँन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij