Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति मस्को पुग्दै

तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति मस्को पुग्दै

  • 255
    SHARES
  • तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति मस्को पुग्दै

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रूसको राजधानी मस्को पुग्दैछन् । रूसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँँ राष्ट्रपति सी जिनपिङको रूसको भ्रमणमा निस्कन लागेका हुन् ।

    images

    सी जिनपिङको यो भ्रमणलाई विश्वले महत्त्वका साथ हेरेको छ । रूस र युक्रेन दुवै देशलाई युद्ध विरामका लागि आग्रह गरेका एक महिना पछि रूसी राष्ट्रपति पुटिनको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी तीन दिने राजकीय भ्रमणका लागि आज मस्को पुग्न लागेका हुन् ।

    भ्रमणमा सी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जारी युद्दका बारेमा कुराकानीसहित बिभिन्न सम्झौता हुने बताइएको छ ।

    परम्परागत मित्रतालाई मूर्तरुप दिने र ठूलो महत्त्व बोकेको यो भ्रमणले चीन र रूसबीचको रणनीतिक पारस्परिक विश्वास र सहयोगलाई प्रगाढ बनाउने चिनियाँँ सञ्चारमाध्यमले ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

    युद्धबिरामका लागि आग्रहसहित मध्यस्तकर्ता बन्ने प्रस्ताव गरे पनि युक्रेन-रूसको लडाईमा चीनले रूसको पक्षधरता देखाउँदै आएको छ ।

    रूसमाथि अमेरिकालगायत पश्चिमा देशले लगाएको प्रतिबन्धको चीनले खुलेरै विरोधसमेत गरिरहेको छ तर पश्चिमा देशहरुले भने चीनले रूस र युक्रेनबीचको युद्ध अन्त्यका लागि गर्न खोजेको मध्यस्थतालाई पश्चिमा देशले विकृत आँखाले हेरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology