Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अवैध लागु औषधसहित तीनजना पक्राउ

अवैध लागु औषधसहित तीनजना पक्राउ

  • 227
    SHARES
  • अवैध लागु औषधसहित तीनजना पक्राउ

    काठमाडौं । पर्सा र कास्कीबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।

    पर्साको वीरगञ्ज महानगरपालिका-१६ रजयन्ती चोकबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८९० मिलिग्रामसहित बारा कलैया उपमहानगरपालिका-१२ शितलपुर बस्ने २२ वर्षीय दिपक यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी चौकी ईनर्वा र लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    कास्कीको पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट नियन्त्रित लागुऔषध नाईट्राभेट २४० ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, नुर्फिन २०० एम्पुल र फेनारगन २ सय एम्पुलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा पर्सा सुघौली गाउँपालिका बस्ने ३१ वर्षीय श्रीधन चौधरी र १७ वर्षीय किशोर रहेका छन् ।

    वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ६१७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागु औषधसहित फेला पारी पक्राउ गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij