Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

रुसले पुटिनका आलोचक नाभाल्नीको संगठनमाथि प्रतिबन्ध लगायो 

रुसले पुटिनका आलोचक नाभाल्नीको संगठनमाथि प्रतिबन्ध लगायो 

  • 90
    SHARES
  • रुसले पुटिनका आलोचक नाभाल्नीको संगठनमाथि प्रतिबन्ध लगायो 

    मस्को । मस्कोको एक अदालतले रुसी राष्ट्रपति भ्लादमिर पुटिनका आलोचक एवम् विपक्षी नेता एलेक्सी नाभाल्नीको राजनीतिक संगठनलाई उग्रवादी भन्दै प्रतिबन्ध लगाएको छ ।

    यस संगठनले अब कुनै पनि गतिविधि गरे यसका कार्यकर्ताहरुलाई जेल सजाय हुन सक्छ । र नाभाल्नीको राजनीतिक नेटवर्क समर्थन गर्नेहरुलाई सार्वजनिक पदका लागि प्रतिबन्धित पनि गर्न सकिने निर्णय भएको छ ।

    बुधबार जारी आदेशमा अदालतले नाभाल्नीको क्षेत्रीय नेटवर्क कार्यालय र उनको एन्टी करप्सन फाउन्डेसनलाई तुरुन्तै प्रतिबन्ध गरिएको उल्लेख थियो । 

    अदालतको फैसलापछि नाभाल्नीले सोसल मिडियामा आफू पछि नहट्ने लेखेका छन् । उनले आफ्ना समर्थकलाई काम गर्ने तरिका पनि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । नाभाल्नी एक जालसाजीको मुद्दामा हाल जेलमा छन् । 

    यस वर्षको सेप्टेम्बरमा हुने रुसको संसदीय निर्वाचनमा ओपनियन पोलले सत्तारुढ दलले समर्थन गुमाइरहेको बताएको छ । यही स्थितिमा नाभाल्नीका केही समर्थक निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

    नाभाल्नीका वकिलले प्रतिबन्ध हटाउनका लागि यस फैसलाविरुद्ध अदालतमा अपिल पेश गर्ने बताइएको छ । 

    भोक हड्ताल तोड्ने रुसी विपक्षी नेता नाभाल्नीको निर्णय भोक हड्ताल तोड्ने रुसी विपक्षी नेता नाभाल्नीको निर्णय पुटिनका कट्टर आलोचक नाभाल्नीको छिट्टै ज्यान जान सक्ने चिकिसत्कको चेतावनी  पुटिनका कट्टर आलोचक नाभाल्नीको छिट्टै ज्यान जान सक्ने चिकिसत्कको चेतावनी  भोक हड्ताल तोड्ने रुसी विपक्षी नेता नाभाल्नीको निर्णय
    नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न राष्ट्रसंघीय अधिकार विज्ञको आग्रह नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न राष्ट्रसंघीय अधिकार विज्ञको आग्रह

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology