वेबटिभी खबर
विराटनगर । मोरङमा बोल्न नसक्ने अशक्त बालिका बलात्कृत भएकी छन् । बेलबारी नगरपालिका-७ की १७ वर्षीया बालिका आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ ।
बलात्कारको आरोपमा विराटनगर महानगरपालिका-८ का २४ वर्षीय प्रवेश बस्नेतलाई प्रहरीले पक्राउ गरेका छ । बस्नेत विराटनगर-बाहुनी चल्ने यात्रुबहाक बसका सहचालक हुन् ।
घटना गत आइतबार राति ९ः३० बजे घटेकाे मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
सहचालक बस्नेतले पैसा दिने प्रलोभन देखाउँदै बोली नआउने बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।
पीडितका बुवाले सोमबार किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।
बस्नेतविरूद्ध जबरजस्ती करणी मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघिबढाइएको प्रहरीले जनाएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij